बुधबार, वैशाख १२, २०८१
01:08 | ०५:५३

कोरोना भाइरस ‘भर्चुअल’ अन्तरराष्ट्रिय तेक्वान्दो, खड्का निर्णायक

रासस जुन ४, २०२०

काठमाडौँ । कोरोना भाइरस ‘भर्चुअल’ अन्तरराष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगिताको निर्णायकमण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित भएका छन् ।

प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना चयन भएकामा एशियाली महादेशबाट मनोनित हुनेमा उनी एक मात्र भएको बताइएको छ । उनी ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली अन्तरराष्ट्रिय निर्णायक पनि हुन् ।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा प्रतियोगिता नेपाली समयअनुसार बिहीबार मध्यरात देखि शुरु हुँदैछ । चारदिने प्रतियोगिता ‘जुम’ प्रविधिमार्फत हुनेछ ।

प्रतियोगिताबाट संकलित रकम कोरोना भाइरसबाट अत्ति प्रभावित विभिन्न राष्ट्रका अनाथलयमा रहेका खेलाडीलाई सहयोगस्वरुप प्रदान गरिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्षसमेत रहेका खड्काले जानकारी दिए ।

सहभागी खेलाडीले दर्ता शुल्कवापत १ सय अमेरिकी डलर बुझाउनु पर्नेछ ।

खड्काका अनुसार निर्णायकले पारिश्रमिकवापत पाउने रकम पनि अनाथलयमा रहेका खेलाडीलाई सहयोगस्वरुप प्रदान गरिनेछ । निर्णायकले प्रतिदिन १ सय अमेरिकी डलरका दरले पारिश्रमिक पाउनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू