मंगलबार, वैशाख ११, २०८१
10:26 | १५:११

तीन महिनादेखि स्थगित प्रिमियर लिग जुन १७ देखि

नेपाली लिङ्क मे २८, २०२०

लन्डन । कोरोनाभाइरस संक्रमणको जोखिमबीच गत १३ मार्चदेखि स्थगित  प्रिमियर लिगका खेलहरु आगामी जुन १७ बाट सुरु हुने भएका छन् ।

खेलको पहिलो चरणमा एस्टन भिल्ला विरुद्ध शेफ्फिल्ड र म्यानचेस्टर सिटी विरुद्ध आर्सनलको खेल रहने बताइएको छ ।
प्रिमयर लिगका ९२ खेल खेल्न बाँकी छन् ।

बीबीसीले जनाए अनुसार प्रिमियर लिगका ८ जना खेलाडी पनि कोरोनाबाट संक्रमित भएका छन् । उनीहरु ७ दिनसम्म आइसोलेसनमा रहनेछन् ।

प्रिमियर लिगले हालसम्म ९९६ जना खेलाडीमा कोरोना भाइरसको परीक्षण गरेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण हरेक क्षेत्र प्रभावित बन्न पुगेको छ ।  कोरोनाका कारण खेलकुदको क्षेत्रमा पनि उत्तिकै प्रभाव परेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू