शनिबार, वैशाख ८, २०८१
04:55 | ०९:४०

५८ वर्षीय वडाध्यक्षको क्वारेन्टाइनमा मृत्यु

नेपाली लिङ्क मे २७, २०२०

कञ्चनपुर । कञ्चनपुर जिल्कोला कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गए राती एक्कासी बेहोस भएका कारण मृत्यु भएको छ ।

क्वारेन्टिन व्यवस्थामा सक्रिय रहँदै आएका राना राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा कुर्सीमा बसेर फोन गरिरहेकै अवस्थामा एक्कासी बेहोस भएका थिए ।

तत्कालै उनको मृत्यु भएको र हाल उनको शव परीक्षणका लागि राती नै सेती प्रादेशिक अस्पताल धनगढीमा पुरयाइएको छ । अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिने बताइएको छ ।

यसघि उनलाई कुनै पनि रोगको लक्षण नदेखिएको र उनको मृत्यु हृदयघातका कारण भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि मृत्युको वास्तविक कारण अस्पतालको रिपोर्टबाट मात्र पुष्टि हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू