शुक्रबार, चैत १६, २०८०
04:45 | १०:३०

भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

रासस-एएनआई मे २२, २०२०

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट गत २४ घन्टाभित्र अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ८८ जना संक्रमित भेटिएका हुन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख १८ हजार ४ सय ४७ पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १ सय ४८ जनाको मृत्यु भएको छ ।

यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ५ सय ८३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू