मंगलबार, ६ अक्टोबर, २०२६
13:39 | १८:२४

बाँकेमा क्वारेन्टिनमा बसेका युवकको मृत्यु

रासस मे १७, २०२०

बाँके ।  बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आइतबार मृत्यु भएको छ ।

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान अचानक स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए  । 

उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्यु भएको थियो । क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिए।

कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै संकलन  गरिसकिएकाले आइतबार  नै रिपोर्ट आउने उनको भनाइ छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू