शनिबार, वैशाख ८, २०८१
01:16 | ०६:०१

एनआरएनए यूकेबाट भारतीय अतिक्रमणको निन्दा

नेपाली लिङ्क मे १३, २०२०

लन्डन । एनआरएनए यूकेले पनि भारतद्वारा गरिएको नेपाली भूमि अतिक्रमणको विरोध गरेको छ ।

अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईका नाममा बुधबार जारी एक वक्तव्यमा एनआरएनए यूकेले नेपाली भूमि अतिक्रमणको भर्त्सना गरेको छ ।

वक्तव्यमा भारतले नेपाली भूमिको प्रयोग गर्दै तिब्बतको मानसरोवरसम्म पुग्ने सडक निर्माण गरेको कुराले संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनको गम्भिर उल्लंघन गर्दै नेपाली सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप भएको भन्दै एनआरएनए यूकेले निन्दा गरेको छ ।

यसअघि पनि नेपाली भूभागमा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले एकतर्फी रुपमा आफ्नो नक्सामा समावेश गरेको भन्दै वक्तव्यमा भारतले एकलौटी रुपमा नेपालको सार्वभौमिकतामाथि आंच आउने यस्ता क्रियाकलाप पटक-पटक गर्दै आएको आरोप लगाइएको छ ।

नेपाली सीमामा हुदै आएको भारतीय रवैया तुरुन्त बन्द गर्न माग गर्दै एनआरएनए यूकेले नेपाल सरकारको तर्फबाट सीमासम्बन्धी सम्पूर्ण विवाद कूटनैतिक तथा उच्च राजनैतिक माध्यममार्फत समाधानको पहल गर्न पनि अपील गरेको छ ।

‘वीर गोर्खालीको इतिहास बोकेको हाम्रो देश र त्यहि इतिहासको एउटा अध्याय बोकेको बेलायतमा बस्ने नेपालीहरु यो सवालमा नेपाली जनता र नेपाल सरकारले देशको हितमा उठाउने हरेक कदममा साथ र ऐक्यबद्ध रहेको स्मरण गराउन चाहन्छौ’ , वक्तव्यमा भनिएको छ ।

यसअघि एनआरएनए आइसिसीले पनि नेपाली भूमिमा भारतीय पक्षबाट भएको अतिक्रमणको भर्त्सना गरिसकेको छ ।

एनआरएनए यूकेको वक्तव्य:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू