शुक्रबार, वैशाख १४, २०८१
22:13 | ०२:५८

नेपालमा २ सय १७ पुगे संक्रमित, एकैदिन बढे ८३

रासस मे १२, २०२०

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड -१९) को संक्रमण मंगलबार फेरि थप २६ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा पुनः काठमाडौँ उपत्यकासहितमा संक्रमण देखिएको पुष्टि गरे ।

यससँगै संक्रमित २ सय १७ जना पुगेका छन् । यसअघि मंगलबार नै पर्साका ३९, रुपन्देहीका नौ, कपिलवस्तुका आठ र बाराका एक जना गरी ५७ जनामा संक्रमण देखिएको थियो ।

यसरी मंगलबार एकदिनमा मात्रै ८३ जनामा संक्रमण भेटियो । यो एक दिनमा नेपालमा संक्रमण भेटिएको सबभन्दा ठूलो संख्या हो ।

नयाँ संक्रमितमध्ये पर्सा जिल्लाका २२, २८, २८, ३२, ४५, ६० वर्षीय महिला तथा १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१, ६१ वर्षीय पुरुष छन् ।

यसैगरी महोत्तरी जिल्लाका १६ र ३५ वर्षीय पुरुष तथा धनुषा जिल्लाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष छन् ।

नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकाका तीन जना रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । सोअनुसार भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ जिल्लाकी ३५ वर्षीया महिला छिन् ।

यसैगरी, सर्लाहीका ४५ वर्षीय पुरुषमा समेत संक्रमण रहेको जनाइएको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार ती संक्रमितको अवस्था सामान्य छ र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू