शनिबार, वैशाख ८, २०८१
16:48 | २१:३३

लकडाउनबारे बेलायतको ‘अस्पष्ट’ योजना प्रधानमन्त्रीबाट बचाउ

नेपाली लिङ्क मे ११, २०२०

लण्डन । ‘अस्पष्ट’ भनेर आलोचना भइरहेको बेलायत सरकारको लकडाउन खुकुलो पार्दै जाने योजनालाई प्रधानमन्त्री बोरिस जोन्सनले बचाउ गरेका छन् ।

आइतबार विशेष सम्बोधनमार्फत आफैंले घोषणा गरेको शर्तसहितको लकडाउन खोल्ने योजना लाई प्रधानमन्त्रीले सोमबारको दैनिक ‘कोरोना ब्रिफिङ’ मा बचाउ गर्ने कोशिस गरे ।

सरकारले ‘स्टे एट होम’ (घरमै बस्नुहोस) लाई प्रतिस्थापन गर्दै जारी गरेको ‘स्टे अलर्ट’ (सतर्क रहनुहोस्) को अपील देशको लागि एकदमै सहि रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

यस्तै नीतिको फ्रान्स लगायतका मुलुकमा सफल प्रयोग भइसकेको समेत उनले उदाहरण दिएका थिए ।

सरकारले अझै पनि बेलायतबासीलाई यथासक्य घरभित्रै बस्न आव्हान गरिरहेको प्रधानमन्त्रीले बताए ।

सोहि अवसरमा प्रश्न गर्ने सर्वसाधारण र पत्रकारहरुले प्रधानमन्त्रीबाट घोषित नीति अस्पष्ट रहेको भन्दै मानिसहरु झन् अलमलमा परेको बताएका थिए ।

यसैबीच, बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २ सय १० मानिसले ज्यान गुमाएका छन् ।

मार्चको अन्तिम सातायता दैनिक मृत्यको संख्या यो नै अहिलेसम्मकै न्यून हो । यससंगै बेलायतमा हालसम्मको मृतक संख्या ३२ हजार ६५ पुगेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा एक लाख भन्दा बढी परीक्षण भएका छन् । जसमध्ये ३ हजार ८ सय ७७ जनामा संक्रमण पाइएको छ ।

संक्रमितको कुल संख्या बेलायतमा अब २ लाख २३ हजार ६० पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू