शुक्रबार, वैशाख ७, २०८१
07:51 | १२:३६

बेलायतमा दैनिक मृत्यु संख्या डेढ महिनाकै न्यून

नेपाली लिङ्क मे १०, २०२०

लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार पछिल्लो २४ घण्टामा बेलायतभरमा थप २ सय ६९ मानिसको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट बेलायतमा एक दिनको अवधिमा भएका मृत्युको यो संख्या गत मार्च २९ यताकै सबैभन्दा न्यून हो ।

विकेण्डमा मृत्युको ‘रिपोर्टिङ’ सुस्त हुने कारण पनि मृतकको संख्या यो तहमा न्यून देखिएको हो ।

यस्तै, बेलायतमा संक्रमित हुनेको संख्या २ लाख १९ हजार १ सय ८३ पुगेको छ । अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या ३ हजार ९ सय २३ ले बढेको हो ।

आइतबार मात्रै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले ‘लकडाउन’ खुकुलो पार्दै जाने सरकारका चरणबद्ध योजनाहरु घोषणा गरेका छन् ।

यसैबीच, बेलायतमा वैज्ञानिकहरुको एक समूहले महामारी समयमै नियन्त्रण नभए यो वर्षको अन्त्यसम्म १ लाख मानिससम्मको मृत्यु हुने चेतावनी दिएको छ ।

त्यस्तै, छुट्टै एक अध्ययनले पनि महामारीबाट बेलायतमा ७० हजार मानिसको मृत्यु हुने देखाएको ‘डेली मेल’ ले जनाएको छ ।

यो पनि पढौं : लकडाउनबारे बेलायत सरकारको मार्गचित्र घोषणा, जुनदेखि स्कुल खोल्ने योजना

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू