मंगलबार, वैशाख ११, २०८१
14:25 | १९:१०

घरायसी विवादमा श्रीमतीको हत्या

रासस मे १०, २०२०

चितवन । घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । 

प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालका अनुसार राति ९:४५ बजेको समयमा घटना भएको हो ।

परीक्षणका लागि शवलाई भरतपुर अस्पताल ल्याइएको छ ।

हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । निजका दुई श्रीमती रहेको जनाइएको छ । मञ्जु कान्छी हुन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ कोइरालाले जानकारी दिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू