शनिबार, वैशाख ८, २०८१
20:15 | ०१:००

देशभर दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आव्हान

रासस मे ६, २०२०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आव्हान गरेका छन् ।

उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा विहीबार साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आव्हान गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँको अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा संक्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नेहरुको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

यसअघि सरकारले बुद्धजयन्तीका दिन साँझ देशभर दीप प्रज्वलनका लागि आव्हान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू