बिहीबार, वैशाख १३, २०८१
05:38 | १०:२३

सोलिसिटर भट्टराईले गरे १२ विद्यार्थीलाई सहयोग

नेपाली लिङ्क अप्रिल २५, २०२०

सोलिसिटर दिपक भट्टराई

लन्डन । लन्डनस्थित सोलिसिटर दीपक भट्टराईले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीलाई २ हजार पाउण्ड राशीको ‘स्टुडेन्ट हार्डसिप फण्ड’ प्रदान गरेका छन् ।

‘भट्टराई एण्ड को. इमिग्रेसन प्राक्टिस’ का प्रिन्सिपल भट्टराईले आफ्नो फर्मका तर्फबाट १२ जना विद्यार्थीलाई उक्त रकम प्रदान गरेका हुन् ।

सहयोग पाउनेमा युनिभर्सिटी अफ वेष्ट अफ स्कटल्याण्डका विशाल लिम्बु, कोभेन्ट्री युनिभर्सिटीका राजेन्द्र पाण्डे, युनिभर्सिटी अफ इष्ट लण्डन अध्ययनरत निर्मल श्रेष्ठ, एडिनबरा नेपियर युनिभर्सिटीका रिजन कार्की, युनिभर्सिटी अफ नट्टिङघमकी कुष्मा थापा, युनिभर्सिटी अफ वेष्ट अफ स्कटल्याण्डकी निकिता थापा, युनिभर्सिटी अफ वेल्स ट्रिनिट्री सेन्ट डेभिस स्वान्सीकी निशा पौडेल, युनिभर्सिटी अफ हडर्सफिल्डका रोशन शाह, युनिभर्सिटी अफ हडर्सफिल्डकी अवन्तिका राउत, युनिभर्सिटी अफ सन्डरल्याण्डका सगुन श्रेष्ठ, युनिभर्सिटी अफ बोल्टनका अरविन्द यादव र एडिनवरा नेपियर युनिभर्सिटीकी चेतकुमारी सुनुवार छन् ।

फर्मले बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीका लागि वर्षेनी उक्त 
कोष प्रदान गर्ने र भविष्यमा राशीसमेत बढाइने भट्टराईले बताए ।

संयोगले कोभिड १९ को महामारीमा वितरण गरिएजस्तो देखिएपनि यो महामारी अघिकै योजना भएको भट्टराईले सुनाए । समयसीमाभित्र कयौं विद्यार्थीका आवेदन परेका र तिमध्ये मापदण्ड पुरा गर्ने विद्यार्थीले सहयोग पाएका सोलिसिटर भट्टराईले जनाए । तर, हरेक वर्ष ४ जना नेपाली विद्यार्थीलाई यो फण्ड प्रदान गर्ने भट्टराईको योजना छ ।

यसअघि ४ जनालाई ५ सय पाउण्डका दरले दिने भनिएपनि राजदूत डा दुर्गाबहादुर सुवेदीको सल्लाहमा १२ जनालाई सहयोग प्रदान गरिएको हो ।

छनौट भएका विद्यार्थीले नगद साथै प्राध्यापक डा सूर्यप्रसाद सुवेदी (ओबिइ-क्यूसी) को हस्ताक्षरसहितको प्रमाणपत्र प्रदान गरिने भट्टराईले एक विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू