शनिबार, वैशाख ८, २०८१
10:26 | १५:११

पाँचौँ राष्ट्रिय भलिबल स्थगित

नेपाली लिङ्क अप्रिल १९, २०२०

फाइल तस्विर

काठमाडौँ । नेपाल भलिबल संघले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको ‘पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग’ अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त प्रतियोगिता स्थगन गरिएको हो ।

प्रतियोगिताको नयाँ मिति कोरोना भाइरसको महामारीको अवस्था साम्य भएपछि निर्णय गरिने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए ।

यसअघि सो लिग वैशाख २५ देखि जेठ १ गतेसम्म हुने तय गरिएको थियो । ‘अहिलेको अवस्थामा कुनै पनि प्रतियोगिता गर्न सकिने अवस्था छैन’, महासचिव चन्दले भने, ‘पछि संघको बैठकबाट प्रतियोगिताको छिनोफानो गछौँ ।’

पाँचौं ‘आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप’मा उत्कृष्ट भएका आठ पुरुष तथा छ महिला टोलीले पाँचौं एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा प्रतिस्पर्धा गर्ने तय भएको थियो ।

‘कोरोना भाइरसका कारण संघको खेल तालिका नै परिवर्तन गर्नुपर्ने अवस्था आयो’, महासचिव चन्दले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू