शुक्रबार, चैत १६, २०८०
21:17 | ०३:०२

चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त

रासस अप्रिल १७, २०२०

चीनको लागि नेपाली राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे नियुक्त भएका छन्

काठमाडौँ । चीनका लागि नेपाली राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई शुक्रबार चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन् ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्वमन्त्री पाण्डेलाई सो पदमा नियुक्तिका लागि सिफारिस गरेकामा उनले संसदीय सुनुवाइ पूरा गरिसकेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू