शुक्रबार, चैत १६, २०८०
13:58 | १९:४३

रोनाल्डोलाई फर्काउने तयारी छैन: रियल मड्रिड

 एजेन्सी अप्रिल १३, २०२०

क्रिस्टियानो रोनाल्डो

लण्डन । विश्व फुटबलका ‘सुपरस्टार’ क्रिस्टियानो रोनाल्डोलाई फेरि अनुवन्ध गर्नेबारे कुनै तयारी नरहेको उनको पूर्व क्लब ‘रियल मड्रिड’ले स्पष्ट पारेको छ ।

इटालियन क्लब ‘युभेन्टस’ले रोनाल्डोलाई बेच्ने तयारी गरिरहेको हल्लाहरुबीच ‘रियल मड्रिड’ले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

विश्व फुटबलका ‘लेजेण्ड स्ट्राइकर’ रोनाल्डोलाई उनकै पूर्व क्लब रियलले अनुबन्ध गर्न सक्ने अनुमान गरिएको थियो । तर, रियलले रोनाल्डोलाई अनुबन्ध गर्ने योजना नरहेको बताएको छ ।

रोनाल्डोलाई अनुबन्ध गर्ने कुनै योजना नरहेको भन्दै रियलले उनी आफ्नो क्लबबाटै बाहिरिएका कारण पुनः फर्किन सक्ने अनुमान गरिएको हुन सक्ने जनाएको छ ।

यसअघि रोनाल्डोको क्लब ‘युभेन्टस’ ले उनलाई ५० मिलियन पाउन्डसम्ममा बेच्ने योजना बनाएको ठानिएको थियो । दुई वर्षअघि १ सय मिलियन पाउन्डमा ‘युभेन्टस’मा आबद्ध भएका रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले यस सिजनमा मात्रै ‘युभेन्टस’का लागि ३२ खेलमा २५ गोलको योगदान गरेका छन् ।

‘रियल मड्रिड’ले भने अहिले नयाँ युवा खेलाडीमा लगानी गर्ने योजना बनाइरहेको बताइएको छ । तर, आर्थिक संकटका कारण ‘पीएसजी’का फ्रान्सेली युवा ‘स्टार’ केलियन एमबाप्पेलाई भने अनुबन्ध गर्न नसक्ने बताइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू