बुधबार, वैशाख ५, २०८१
21:44 | ०२:२९

बेलायतमा कोरोनाबाट फेरि अर्का पूर्व गोर्खा मल्लको निधन

नेपाली लिङ्क अप्रिल ११, २०२०

मृतक याम बहादुर मल्ल

लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा शनिबार बिहान थप एक जना भूपू गोर्खा सैनिकको निधन भएको छ ।

आर्मी नम्बर २११३२९०६ का ‘क्विन्स गोर्खा सिग्नल्स’ का ‘स्टाफ सार्जेन्ट’ ८६ वर्षीय बहादुर मल्लको स्वीन्डनस्थित ‘ग्रेट वेष्टर्न हस्पिटल’मा निधन भएको हो ।

मृतक बेलायतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुने सातौं नेपाली र पाँचौं भूपू गोर्खा सैनिक हुन् ।

स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि चार दिनअघि अस्पताल भर्ना गरिएका मल्लको उपचारकै क्रममा शनिबार बिहान करिब तीन बजेतिर मृत्यु भएको जानकारी क्षेत्री समाज बेलायतका अध्यक्ष राजन कुमार क्षेत्रीले नेपाली लिंकलाई गराए ।

बेलायतको स्वीन्डनमा बस्दै आएका मल्ललाई ज्वरो, रुघाखोकी, पखाला, वान्ता लगायतका समस्या भएपछि अस्पताल लगिएको थियो । अस्पताल भर्ना भएको ४८ घण्टापछि उनमा कोरोनाको पुष्टि भएको क्षेत्रीले बताए ।

सन् २००४ देखि आफ्ना छोराबुहारी नारायण मल्ल र शान्ता मल्लका साथ बेलायतको स्वीन्डनमा बस्दै आएका मृतकका तीन छोरी र एक छोरा छन् । नेपालमा स्याङ्जा जिल्लाको वालिंग घर भएका मल्लको यसअघि नै हंगकंगमा ‘वाइपास सर्जरी’ गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

यो पनि पढौं : नातीको विहेलाई बेलायत आएका क्षेत्रीको कोरोनाबाट निधन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू