शनिबार, वैशाख १५, २०८१
21:58 | ०२:४३

बेलायतमा २४ घण्टामा ९ सय ८० को मृत्यु

नेपाली लिङ्क अप्रिल १०, २०२०

पछिल्लो २४ घण्टामा बेलायतमा कोरोना भाइरसबाट संक्रमित थप ९ सय ८० जनाको मृत्यु भएको छ ।

लण्डन । पछिल्लो २४ घण्टामा बेलायतमा कोरोना भाइरसबाट संक्रमित थप ९ सय ८० जनाको मृत्यु भएको छ । यो संख्या बेलायतमा एक दिनमै मृत्यु भएकाहरुको अहिलेसम्मकै ‘रेकर्ड संख्या’ हो ।

बेलायत सरकारको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार विहिबार साँझ ५ बजेसम्म ज्यान गुमाउनेहरुको कुल संख्या ८ हजार ९ सय ५८ पुगेको छ । जुन संख्या उपचारका क्रममा अस्पतालमै निधन भएका कारोना संक्रमितहरुको मात्रै हो ।

त्यस्तै, बेलायतमा कोरोना संक्रमित हुनेहरुको संख्या पनि बढेर ७० हजार २ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै संक्रमणका ५ हजार १ सय ९५ नयाँ ‘केस’ थपिएका छन् । बेलायतमा कोरोनाबाट संक्रमित भएकाहरुमध्ये अहिले अस्पतालमा भर्ना भएर उपचार गराइरहेकाहरुको संख्या भने १९ हजार ३ सय ४ छ ।

विहिबार एक दिनमा मात्रै बेलायतमा अहिलेसम्मकै बढि १९ हजार १ सय १६ वटा परीक्षण गराइएको छ । जसमध्ये ५ हजार ७ सय ६ जनामा कोरोना ‘पोजिटिभ’ पाइएको छ ।

शुक्रबार सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ लाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री म्याट ह्यानककले परीक्षण क्षमता क्रमशः बढाउँदै लैजाने सरकारको प्रतिवद्धता दोहोर्याएका छन् । तर, अप्रिल महिनाको अन्त्यसम्ममा दैनिक १ लाख परीक्षण गराउने सरकारको लक्ष्य पूरा हुनेमा अझै पनि धेरैले आशंका गर्ने गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू