आइतबार, भदौ २३, २०८१
08:36
|
१३:२१
फिफा वरियतामा नेपाल यथावत्
रासस
अप्रिल ९, २०२०
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो ।
गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेको छ । भारत १०८औँ स्थानमा रहँदा माल्दिभ्स १५५औँ स्थानमा छ । नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । भुटान १८९औँ स्थानमा छ भने बङ्गलादेश १८७औँ स्थानमा छ ।
त्यसैगरी पाकिस्तान २००औँ स्थानमा रहँदा श्रीलङ्का २०६औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ । त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौँ स्थानमा रहेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ