बिहीबार, चैत १५, २०८०
14:38 | २०:२३

बेलायतमा मृत्यु संख्या ८ हजार नजिक

नेपाली लिङ्क अप्रिल ९, २०२०

बेलायतमा पछिल्लो २४ घण्टामा थप ८ सय ८१ जनाको मृत्यु भएपछि कुल मृत्यु संख्या ७ हजार ९ सय ७८ पुगेको छ ।

लण्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको कुल संख्या ८ हजार नजिक पुगेको छ । विहिबार सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ८१ जनाको मृत्यु भएपछि कुल मृत्यु संख्या ७ हजार ९ सय ७८ पुगेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जारी गरेको यो तथ्यांक बुधबार साँझ ५ बजेसम्मको हो ।

यसैगरी, बेलायतमा अहिलेसम्म कुल २ लाख ४३ हजार ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण परीक्षण गराइएको छ । जसमध्ये ६५ हजार ७७ जनामा संक्रमण ‘पोजिटिभ’ पाइएको छ । संक्रमितहरुको संख्या पनि पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४४ ले बढेको छ ।

अघिल्लो दिनको तुलनामा बुधबार साँझसम्मको २४ घण्टामा मृत्यु हुनेको संख्या ५७ र संक्रमित हुनेको संख्या १ हजार १ सय ४७ ले घटेको छ ।

बेलायतमा अबको डेढ -दुई सातामा ‘पिक पोइन्ट’ आउने र त्यो ‘पिक पोइन्ट’ दुई-तीन सातासम्म कायम रहने अनुमान छ । जुन अवधिसम्म मृत्यु हुनेहरुको संख्या ओरालो लाग्ने आशा गरिएको छैन् ।

यता, संक्रमण फैलिन नदिने प्रयासमा सरकारले घोषणा गरेको ‘लकडाउन’ पनि तत्कालका लागि खुकुलो पार्ने अवस्था आइनसकेको मन्त्रीहरुले बताएका छन् ।

‘लकडाउन’पछि ‘सोसल डिस्टेन्सिङ’ मेन्टेन भएका कारण यसअघि अनुमान गरिएजत्तिकै तीव्र दरमा अहिले संक्रमण भने नफैलिएको उनीहरुले बताएका छन् ।

यो पनि पढौं : स्वास्थ्यमा सुधारपछि ‘आइसियू’बाट बाहिरिए प्रधानमन्त्री जोन्सन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू