शुक्रबार, वैशाख १४, २०८१
23:53 | ०४:३८

प्रा सुवेदीलाई बेलायतको हल विश्वविद्यालयबाट पनि महाविद्यावारिधि

नेपाली लिङ्क अप्रिल ८, २०२०


लण्डन । प्राध्यापक डा सूर्यप्रसाद सुवेदीलाई बेलायतको प्रतिष्ठित हल विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको क्षेत्रमा पुर्याएको प्राज्ञिक योदगानको कदरस्वरुप आफूलाई यो सम्मान प्रदान गरिएको उनले जानकारी दिएका छन् ।

हल विश्वविद्यालयका उपकुलपतिले पत्रमार्फत महाविद्यावारिधिको सम्मानबारे जानकारी गराउँदा आफू हर्षविभोर भएको डा सुवेदीले बताए ।

सुवेदीले आजभन्दा तीस वर्ष पहिला सोहि विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय कानुनको विषयमा विशिष्ट श्रेष्ठीमा प्रथम हुँदै स्नातकोत्तर गरेका थिए ।

त्यसपछि उनले बेलायतकै प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरे । अक्सफोर्ड विश्वविद्यालयले पनि उनका प्रकाशित कृतिहरुको मुल्यांकन गर्दै उनलाई गत वर्ष महाविद्यारिधि प्रदान गरेको थियो । यस वर्ष समेत अक्सफोर्ड विश्वविद्यालयले डा सुवेदीको सम्मानमा उनकै नाममा दुई वटा वार्षिक पुरस्कार स्थापना गरेको छ ।

महाविद्यावारिधि जस्तो सर्वोच्च प्राज्ञिक उपलब्धिलाई प्राज्ञिक जीवनकै उत्कर्षका रुपमा लिने गरिन्छ । बेलायतका प्रतिष्ठित २ वटा विश्वविद्यालयबाट महाविद्यावारिधि प्राप्त गर्ने यस्ता प्राज्ञहरु बेलायतमै पनि विरलै छन् ।

नेपालको लमजुङ जिल्लामा जन्मिएर काठमाडौंको ल क्याम्पस हुँदै बेलायतका प्रतिष्ठित हल र अक्सफोर्ड विश्वविद्यालयबाट आफ्नो अध्ययन पूरा गरेका डा सुवेदीले संसारका विभिन्न ५ देशका ७ वटा विश्वविद्यालयमा प्राध्यापन गरेका छन् । उनले नेपाल र बेलायतसहित विभिन्न १० देशका सरकारलाई कानुनी सल्लाह उपलब्ध गराएका छन् ।

उनका ८ वटा अन्तर्राष्ट्रिय स्तरका ग्रन्थ र थुप्रै प्राज्ञिक लेख अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । उनका कैयौं ग्रन्थहरु चिनियाँ र फारसीसहितका अन्य विदेशी भाषामा अनुवाद भएर समेत प्रकाशित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू