बिहीबार, वैशाख १३, २०८१
07:50 | १२:३५

बेलायतमा कोरोनाले मृत्यु हुने एक दिनमै ७ सय ८६ थपिए

नेपाली लिङ्क अप्रिल ७, २०२०


लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ सय ८६ जनाको मृत्यु भएको छ ।

यससंगै अहिलेसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको कुल संख्या ६ हजार १ सय ५९ पुगेको छ । बेलायतमा २४ घण्टाको अवधिमा मृत्यु भएकाहरुको संख्या यो नै आजसम्मकै सबभन्दा उच्च हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले मंगलबार जारी गरेको तथ्यांक सोमबार साँझ ५ बजेसम्मको हो ।

पछिल्लो २४ घण्टामा इंग्ल्याण्डमा मात्रै ७ सय ५८ जनाको मृत्यु भएको छ भने स्कटल्याण्डमा ७४, वेल्समा १९ र नर्दन आयरल्याण्डमा ३ जना मृतक थपिएका छन् । अहिलेसम्म ज्यान गुमाउने कुल संख्यामध्ये इंग्ल्याण्डमा ५  हजार ५ सय ७८, स्कटल्याण्डमा २ सय ९६, वेल्समा २ सय १२ र नर्दन आयरल्याण्डमा ७३ छ ।

मंगलबार बिहान ९ बजेसम्म बेलायतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५५ हजार २ सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसबाट थप ३ हजार ६ सय ३४ जना संक्रमित बनेका छन् ।

अहिलेसम्म बेलायतमा कुल २ लाख १३ हजार १ सय ८१ जनामा परीक्षण गराइएको छ । सोमबार मात्रै १४ हजार भन्दा बढि परीक्षणहरु गराइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू