शुक्रबार, चैत १६, २०८०
21:57 | ०३:४२

बेलायतमा थप ६ सय ८४ को मृत्यु

नेपाली लिङ्क अप्रिल ३, २०२०

बेलायत सरकारको दैनिक ब्रिफिङमा स्वास्थ्यमन्त्री म्याट ह्यानकक ।

लन्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा थप ६ सय ८४ जनाको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६ सय ५ पुगेको छ ।

बेलायत सरकारको स्वास्थ्य विभागका अनुसार, शुक्रबार बिहान ९ बजेसम्म बेलायतमा ३८ हजार १ सय ६८ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा इंग्ल्याण्डमा ६ सय ४ जनाको मृत्यु भएको छ । यससंगै अहिलेसम्म इंग्ल्याण्डमा मात्रै ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय २ पुगेको छ ।

पछिल्लो २४ घण्टामा स्कटल्याण्डमा ४६ र वेल्समा २४ जनाको मृत्यु भएको छ । अब कुल मृत्युको संख्या स्कटल्याण्डमा १ सय ७२ र वेल्समा १ सय ४१ पुगेको छ ।

यसैगरी,  नर्दन आयरल्याण्डमा पछिल्लो एक दिनमा थप १२ जनाको मृत्यु भएपछि जम्मा मृत्यु संख्या ४८ पुगेको छ ।

बेलायतमा गत जनवरीयता कुल १ लाख ७३ हजार ७ सय जनामा कोरोना संक्रमणको परिक्षण गराइएको छ । यहि अप्रिल महिनाको अन्त्यसम्ममा दैनिक १ लाख जनाको परिक्षण गराइने स्वास्थ्यमन्त्री म्याट ह्यानककले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू