शुक्रबार, चैत १६, २०८०
00:35 | ०६:२०

विश्व वरियतामा नेपाली महिला भालिबल टोली ८६ औँ स्थानमा

रासस अप्रिल २, २०२०

काठमाडौं । विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औँ स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभीबी) ले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहंदै सो स्थानमा रहन सफल भएको हो ।

नयाँ वरियतामा नेपालको ५७ अङ्क छ । वरियताको शीर्ष स्थानमा भने चीन रहेको छ । त्यसैगरी अमेरिका दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो, इटाली चौथो र टर्की पाँचौँ स्थानमा छन् । नेपाली महिला भलिबल टोली एशियाली राष्ट्रको वरियतामा भने १७ औँ स्थानमा रहेको छ ।

पुरुषतर्फको वरियतामा भने नेपाल १३६औँ स्थानमा रहेको छ । नेपालको ५० अङ्क छ । पुरुषको वरियतामा ब्राजिल पहिलो स्थानमा छ भने पोल्याण्ड दोस्रो, अमेरिका तेस्रो, रुस चौथो र अर्जेन्टिना पाँचौं स्थानमा छन् ।

एशियाको वरियतामा नेपालको पुरुष टोली २७ औँ स्थानमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू