बिहीबार, वैशाख १३, २०८१
00:23 | ०५:०८

लण्डनमा नेपाली इञ्जिनियरको निधन, कोरोना पुष्टी हुन बाँकी

नेपाली लिङ्क मार्च ३१, २०२०

स्वर्गीय केदार पन्त

लन्डन । बेलायतमा बस्दै आएका एक नेपाली इन्जिनियर केदार पन्तको निधन भएको छ । ५९ वर्षीय पन्तको शनिबार लण्डनको इलिङ अस्पतालमा निधन भएको हो ।

कोरोनाको आशंकाका कारण विगत १० दिनदेखि लण्डनस्थित आफ्नै घरमा ‘आइसोलेसन’ मा बसेका उनलाई ह्दयघातपछि शनिबार बिहान अस्पताल पुर्याइएको थियो । तर, उनको कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको हो वा अन्य कारणले भन्नेबारे पुष्टि भइसकेको छैन ।

पारिवारिक स्रोतका अनुसार उनको मृत्युको कारणबारे रिपोर्ट आउन केहि दिन लाग्ने बताइएको छ । नेपालमा लमजुङ घर भएका पन्त लामो समयदेखि लण्डनको ग्रीनफोर्डमा बस्दै आएका थिए ।

गैरआवासीय नेपाली संघ (एनआरएएनए) यूकेका सल्लाहकार तथा नेपाल इन्जिनियर्स एसोसिएसन यूकेका संस्थापक सल्लाहकार समेत रहेका पन्तका श्रीमती र एक छोरा छन् ।

हालसम्म बेलायतमा कोरोनाकै कारण दुई नेपालीको मृत्यु भइसकेको छ । बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या सोमबारसम्म १ हजार ४ सय ८ पुगेको छ । २२ हजार भन्दा बढि संक्रमित भएका छन् । अहिलेसम्म १ सय ३५ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू