शुक्रबार, वैशाख १४, २०८१
01:01 | ०५:४६

नेपाललाई बेलायतको १४ अर्ब सहायतासम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर

नेपाली लिङ्क मार्च १६, २०२३

स्थानीय पूर्वाधार विकासका लागि बेलायतले नेपाल सरकारलाई उपलब्ध गराउने सहयोगसम्बन्धी समझदारीपत्र बिहीबार अर्थमन्त्रालयमा आदानप्रदान गर्दै नेपालका लागि बेलायतका राजदूत निकोला पोलिट र अर्थ सचिव तोयम राय । तस्बिर-किरणराज विष्ट/रासस

काठमाडौ- बेलायत सरकारले नेपालको स्थानीय तहमा पूर्वाधार विकास कार्यक्रमका लागि गर्न लागेको सहायतासम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  

बेलायतको १४ अर्ब ३१ करोड रूपैयाँ (९ करोड पाउण्ड) को सहयोगसम्बन्धि सम्झौतापत्रमा दुई देशका सरकारबीच विहीबार सम्झौता भएको हो।

नेपाल सरकारको अर्थमन्त्रालय र नेपालस्थित बेलायती राजदूतावासबीच सम्झौता भएको छ । 

नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र अर्थसचिव तोयम रायले सहायता सम्झौतामा हस्ताक्षर गरेका छन्।

यसअघि बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त सहयोग स्वीकार गरेको थियो।

बेलायत सरकारले गरेको सहयोग मधेस प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका स्थानीय तहमार्फत पूर्वाधार विकासका क्षेत्रमा खर्च गरिनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू