बुधबार, वैशाख ५, २०८१
23:15 | ०४:००

गोपीको ‘चिसो बाफ’ छिट्टै

नेपाली लिङ्क मार्च १४, २०२३

लण्डन। बेलायतवासी लेखक गोपी सापकोटाको नयाँ उपन्यास ‘चिसो बाफ’ पाठकसामू छिट्टै आउने भएको छ । नेपाली साहित्यमा प्रयोगधर्मी नाटककारका रुपमा स्थापित सापकोटाको यो दोस्रो उपन्यास हो । 

‘चिसो बाफ’ शारीरिक स्वास्थ्य बिग्रंदै गएकी एक युवती र मानसिक स्वास्थ्य बिग्रंदै गएको एक युवकबीचको प्रेम र सम्बन्धको कथा हो । नाटक लेखनमा आफ्नै खाले प्रयोग गर्ने गरेका गोपीले यो उपन्यासमा विशेष प्रयोग गरेको जनाएका छन् । 

‘चिसो बाफ’ उपन्यासको कभर कलम प्रकाशनले हालै सार्वजनिक गरेको छ ।

उनको पहिलो उपन्यास ‘काँचो कागज’ ले राम्रो चर्चा पाएको थियो । उनका कविता, नाटक र उपन्यास गरी दश कृति प्रकाशित छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू