शुक्रबार, वैशाख १४, २०८१
06:38 | ११:२३

लण्डन आए काठमाडौं मेयर बालेन शाह

नेपाली लिङ्क मार्च १४, २०२३


लण्डन- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलायत प्रस्थान गरेका छन्।

गए राति कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ बाट आजदेखि यहाँ हुन लागेको तीन दिने ‘पार्टनरसिप फर अ हेल्दी सिटी समिट’ मा भाग लिन मेयर लण्डन आएका हुन् ।

मेयर शाहसँगै स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह पनि भ्रमणमा छन्।

उनले उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन्।

मेयर बालेन चैत ५ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू