बिहीबार, वैशाख ६, २०८१
14:03 | १८:४८

‘सुनै सुनको तिलहरी’ लिएर आए गायक प्रदीप कार्की

नेपाली लिङ्क मार्च १२, २०२१

लन्डन । बेलायतमा बस्दै आएका गायक प्रदीप कार्कीको ‘सुनै सुनको तिलहरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक कार्कीलाई गायिका बेनिशा पौडेलले साथ दिएकी छन् ।

गीतमा शब्द संगीत दिपक शर्माको छ भने नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ । यस गीतको म्यूजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।

गीतको म्यूजिक भिडियोमा आकाश श्रेष्ठ र उषा उप्रेतीको अभिनय हेर्न सकिनेछ । म्यूजिक  भिडियोलाई गायक कार्कीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । यसअघि पनि उनले लोकप्रिय संगीतकार, गायिका तथा गीतकारहरुसंग काम गरिसकेका छन् ।

कार्कीले सन् २००६ मा कृष्णहरि बराल तथा नरेन्द्रराज प्रसाईंको रचना र स्व. रत्न बहादुर खड्गीको एकल संगीतमा ‘आविष्कार’ नामक एल्बम निकालिसकेका छन् । सन् २००९ मा न्हूँ बज्राचार्यको रचनामा देशभक्ति गीत ‘मेरो लास जलोस् बागमतिमा’ र  रमा सिंहको रचनामा ‘यो जीन्दगी’ पनि कार्कीका लोकप्रिय गीत अन्तर्गत पर्दछन् ।

चाडै नै उनको अर्को एउटा गीत पनि सार्वजनिक हुँदैछ, जसको अडियो रेकर्ड भैसकेको छ । उक्त गीतको म्यूजिक भिडियो छायांकन भने लन्डनमा नै गर्ने सोच रहेको गायक कार्कीले नेपाली लिंकलाई बताए ।

म्यूजिक भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू