शनिबार, वैशाख ८, २०८१
09:55 | १४:४०

पोप इराकी धार्मिक नेतासँग सम्वन्ध सुधारको प्रयासमा

रासस/एएफपी मार्च ६, २०२१

तस्बिर एएफपी

नाजाफ, इराक २२ फागुन– इसाइ धर्मगुरु पोप फ्रान्सीसले सिट्टे मुस्लिम अगुवासँग सम्वन्ध सुधारको प्रयास गरेका छन् । पोपले शनिबार मुस्लिम धार्मिक नेता अयातोल्लाह अलि सिस्तानीसँग भेटेर सम्वन्ध सुधारका लागि हात फैलाएका हुन् । उनको यो प्रयास र भेटवार्तालाई आधुनिक धार्मिक इतिहासमै एउटा ऐतिहासिक घटनाका रुपमा लिइएको छ ।

इराक भ्रमणमा रहेका पोपले भ्रमणको दोस्रो दिन बिहानै सिस्तानीलाई नाजाफस्थित उनकै निवास गएर भेटेका हुन् । पहिले नै हुने भनिएको भ्रमण कोरोनाभाइरस महामारीका कारण पछाडि सरेको थियो । यो भ्रमण तथा भेटवार्ता वहुप्रतिक्षित थियो ।

सिस्तानीलाई भेट्न पोप नाजाफ विमानस्थलमा ओर्लिएका थिए । त्यहाँ उनलाई उच्च सतर्कताका साथ स्वागत गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू