शुक्रबार, वैशाख ७, २०८१
19:10 | २३:५५

कोमल वलीमाथि रघुजीको अभिव्यक्तिले बेलायतमा पनि आक्रोश

नेपाली लिङ्क मार्च १, २०२१

लन्डन । राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल वलीविरुद्ध नेकपा दाहाल नेपाल समूहका नेता रघुजी पन्तले दिएको अभिव्यक्तिले बेलायतमा पनि आक्रोश पैदा गरेको छ ।

नेपाल चलचित्र कलाकार संघ बेलायतकी अध्यक्ष रोमियन लिम्बुले नेता पन्तको कोमल वलीमाथिको अभिव्यक्ति लज्जास्पद, आपत्तिजनक र अपमानित हुने खालको भन्दै 
रघुजीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेकी छन् ।

‘एउटा वरिष्ठ नेता भन्नेले नै आफैं सक्षम महिला नेतृलाई हेर्ने दृष्टिकोण कतिसम्म गिरेको रहेछ भन्ने कुरा छर्लंग भएको छ’, रोमियनले भनिन्, ‘महिलामाथिको यस्तै सोचले नेपाली महिला सधैं ओझेल परेका छन् । अब सामाजिक संरचना नै बदल्नुपर्ने चुनौति हामीमा छ ।’

नेपाली जनसम्पर्क समिति बेलायतकी सहमहामन्त्री समेत रहेकी रोमियनले कलाकार राष्ट्रका गहनामात्र नभइ ऐनाजस्तै पारदर्शी र सधैं मार्गदर्शक भएको पनि बताइन् । ‘हामी कलाकारहरु ऐनाझैं छर्लंग छौं र कुनै पनि कुरा समाजमा लुक्दैन । हामी 
निर्दोष हुन्छौं । तर कसैले अनावश्यक आक्षेप लगाउंदा असैहय हुन्छ’-रोमियनले भनिन् ।

नेता पन्तले एक सार्वजनिक कार्यक्रममा पार्टीमा लामो योगदान गरेका नेतृहरुले राष्ट्रिय सभा सदस्य र केन्द्रिय सदस्य नपाएको तर कोमल वलीले ‘सारी सर्काएर गोरा पिंडौला देखाउंदै पोइला जान पाम’ भनेपछि सांसद पद पाएको अभिव्यक्ति दिएका थिए ।

अपमान हुने खालको उक्त निच अभिव्यक्तिविरुद्ध सामाजिक सञ्जालमा अहिले पन्तविरुद्ध तीव्र आलोचना भइरहेको छ । कोमल नेपाल चलचित्र कलाकार संघको मानार्थ सदस्य पनि हुन् । सांसद ओलीले अदालत जाने बताएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू