शुक्रबार, वैशाख ७, २०८१
07:33 | १२:१८

नेपालमा थपिए ११२ जना नयां संक्रमित

चार जनाको मृत्यु

रासस फ्रेब्रवरी २६, २०२१

काठमाडौँ । विगत २४ घण्टामा तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ११२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ७७१ पुगेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । गत २४ घण्टामा ५४ जना सङ्क्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार २७ पुगेको छ ।

हाल क्वारेन्टिनमा ७१ जना छन् भने ९३६ जना ‘आइसोलेसन’ मा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू