


लन्डन । बेलायतमा कोरोना भाइरसको अर्को नयां भेरिएन्ट देखा परेको छ । वैज्ञानिकहरुले भर्खरै बेलायतमा पत्ता लगाएको भाइरस (बी.१.५२५) को नयां रुप यसअघिको साउथ अफ्रिकन भेरिएन्टसंग मिल्दोजुल्दो भएको बीबीसीले जनाएको छ ।
यो भाइरस डेनमार्क, नाइजेरिया र अमेरिकामा समेत देखा परेको बताइएको छ । यस नयां भाइरसको बारेमा अध्ययन भइरहेको र यसलाई नयां भेरिएन्टको रुपमा राख्न केहि समय लाग्ने वैज्ञानिकहरुले बताएका छन् ।
पछिल्ला दिनमा बेलायतमा कोरोना संक्रमण दर र मृत्यु दरमा कमी आएकै बेला बेलायतमा देखिएको नयां भाइरस भेरिएन्टले थप चिन्तित बनाएको छ ।
यद्धपि यो कत्तिको खतरनाक छ र हाल संचालनमा आएका खोप कत्तिको प्रभावकारी हुन्छ भन्ने बारेमा अध्ययन भइरहेको बताइएको छ ।
संक्रमण दरमा आएको कमीसंगै हाल जारी लकडाउन केहि सहज बनाउने सरकारले तयारी गरिरहेको छ । हिजो सोमबार बेलायतमा कोरोना संक्रमितको संख्या र मृत्यु हुनेको संख्या यो वर्ष यताकै सबैभन्दा कम थियो ।
सोमबार संक्रमितको संख्या दश हजार भन्दा कम थियो भने मृतक संख्या पनि २३० मात्र रहेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ को तथ्यांकले देखाएको थियो ।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५