शनिबार, वैशाख ८, २०८१
10:54 | १५:३९

रसियामा डा विमला भण्डारीको अध्यक्षतामा नेकपाको नयाँ समिति

नेपाली लिङ्क फ्रेब्रवरी ८, २०२१

रसिया ।  नेकपा विभाजनसंगै पार्टीका विदेशस्थित संगठनमा पनि विभाजनको लहर शुरु भएको छ । केपी ओली समर्थकहरुले रसियामा पनि आइतबार प्रवासी  नेपाली एकता मञ्चको नयाँ समिति गठन गरेका छन् ।  

नवगठित समितिको अध्यक्ष डा विमला भण्डारी चयन भएकी छन् । समितिको सचिव रिकेश चौधरी चुनिएका छन् भने सदस्यहरुमा मधुसूधन अर्याल, संजय बञ्जाडे, कृष्ण भुसाल, दयाराम नेपाल, ध्रुव कुँवर, राजु केसी, ऋषि सार्की, नारायण गौतम, दीपेश क्षेत्री, गणेश जिसी, केशव भुसाल, रवि सागर पौडेल र रमेशबाबु विश्वकर्मा छन्   

त्यसैगरी डिल्ली खरेललाई युरोप प्रतिनिधिमा चयन गरिएको छ ।  

नयाँ समिति घोषणाअघि आयोजित भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा प्रवास संयोजक डा राजन भट्टराई र विशेष अतिथि पूर्व प्रवासी नेपाली मञ्च युरोपका उपसंयोजक पुष्पराज तिमिल्सिनाले सम्बोधन गरेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू