बिहीबार, चैत १५, २०८०
12:35 | १८:२०

फरक शैलीको ‘तँ त कस्तो भाग्यमानी’ गीत सार्वजनिक

नेपाली लिङ्क फ्रेब्रवरी ६, २०२१

नेपाली सांगीतिक क्षेत्रमा फरक शैलीको ‘तँ त कस्तो भाग्यमानी’ नामक आधुनिक गीत सार्वजनिक भएको छ । क्यानाडामा बसोबास गर्दै आएका महेश भट्टराईको प्रेम र संवेदना मिश्रित यस गीतमा गायक प्रवीण बेडवालले आवाज दिएका छन् । विदेशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने भट्टराईले गीत सफल हुनेमा आफू आशावादी रहेको बताए । 

गीतमा सुवास चन्द्र ढुंगेलको शब्द रचना र हरि लम्सालले संगीत संयोजन गरेका छन् । ‘सेन्टिमेन्टल’ उक्त गीतको भिडियोमा अप्सरा तिमल्सिना र विकास लामिछानेको अभिनय छ ।

अप्सराले यसै गीतबाट म्यूजिक भिडियोमा ‘डेब्यु’ गरेको निर्माण पक्षले जनाएको छ । काठमाडौंको एक होटलमा असिस्टेन्ट म्यानेजरका रुपमा कार्यरत अप्सरा टिकटकमा उत्कृष्ठ भिडियो निर्माण गर्न पोख्त छिन् ।

अप्सराको सोही कला र अभिनयबाट प्रभावित भएर म्यूजिक भिडियोमा डेब्यू गर्ने अवसर दिइएको निर्माण पक्षको भनाई छ । गीतको म्यूजिक भिडियो उत्कृष्ठ बनेको र आफ्नो अभिनय दर्शकले रुचाइदिनेमा विश्वस्त रहेको अप्सरा बताउँछिन् । बुद्ध थापाको छाँयाङ्कन र निकेश खड्काको निर्देशन रहेको भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू