शुक्रबार, चैत १६, २०८०
05:55 | ११:४०

बेलायतमा कोरोनाबाट थप १७२५ को मृत्यु

२५ हजार बढी संक्रमित

नेपाली लिङ्क जनवरी २७, २०२१

लन्डन । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण बितेको २४ घण्टाभित्र थप १७२५ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

यससंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख एक हजार ८८७ पुगेको छ । स्वास्थ्य विभागको तथ्याँक अनुसार एकसाताभित्र बेलायतमा ७ हजार ७६६ जनाको मृत्यु भएको छ ।

हिजो मंगलबार बेलायतमा मृत्यु हुनेको संख्या एक लाख नाघेको थियो । युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत पहिलो मुलुक बनेको छ भने विश्वमा मृतक संख्याको आधारमा बेलायत पाँचौं स्थानमा छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २५  हजार ३०८ जना नयां संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३७ लाख १५ हजार ५४ पुगेको छ ।

पछिल्ला दिनमा बेलायतमा नयां संक्रमितको संख्यामा कमी हुँदै आएपनि अघिल्लो दिनको तुलनामा आज झन्डै पांच हजार बढी संक्रमित थपिएका छन्  ।

संक्रमित संख्या बढेपछि बेलायतका अस्पतालमा भर्ना हुनेको संख्या अत्यधिक बढेको छ । हाल यहाँका अस्पतालमा ३७ हजार भन्दा बढी संक्रमितको उपचार भइरहेको छ भने झन्डै चार हजार संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू