बिहीबार, चैत १५, २०८०
13:07 | १८:५२

लन्डनमा अलर्ट लेभल ‘मध्यम’बाट उच्च, शनिबारदेखि थप प्रतिबन्ध

शनिबारदेखि कार्यान्वयन गर्ने गरी प्रतिबन्धहरु बढाइने

नेपाली लिङ्क अक्टोबर १५, २०२०

लन्डन । लन्डनसहित इङ्ल्यान्डका अरु थप केही क्षेत्रमा कोरोना भाइरस संक्रमण नियन्त्रणको प्रयासमा लागू गरिएका प्रतिबन्धहरु बढाइने भएको छ । यसअघि सरकारले घोषणा गरेको संक्रमणको तह ‘मध्यम’ बाट एक तहमाथि ‘उच्च’ मा पुगेसंगै प्रतिबन्धहरु बढाइन लागेको हो ।  

बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले आउंदो शनिबारदेखि कार्यान्वयन गर्ने गरी प्रतिबन्धहरु बढाउन लागिएको घोषणा गरे ।  

यसरी अलर्ट लेभल ‘उच्च’ मा पुगेका क्षेत्रहरुमा लन्डनसहित एसेक्स, सरेको एल्मब्रिज, योर्क, नर्थ ईष्ट डर्बीशायर, डर्बीशायरको एरिवास, चेस्टरफिल्ड, ब्यारो इन फर्नेस, कम्ब्रिया लगायत छन्   

अलर्ट लेभल मध्यमबाट बढेर ‘उच्च’ मा पुगेपछि यी क्षेत्रमा अरु घरको सदस्यसंगको  भेटघाटमा रोक लगायतका प्रतिबन्धहरु थप हुनेछन् । यस्ता भेटघाट गर्न घरहरुमा ‘इन्डोर’ रुपमा मात्र नभएर पब/रेष्टुरेन्टमा समेत रोक लाग्नेछ ।  

कोरोना संक्रमणको दोस्रो उत्कर्ष सामना गरिरहेको बेलायतले संक्रमणको आधारमा क्षेत्रगत रुपमा तीन फरक-फरक तहको लकडाउन एवम् प्रतिबन्ध लागू गर्ने घोषणा गरेको थियो । 

सबैभन्दा बढी संक्रमण रहेका क्षेत्रलाई ‘अति उच्च’ अलर्ट लेभलमा राखिएको छ भने त्यसभन्दा न्यून संक्रमण रहेका क्षेत्रलाई क्रमश ‘उच्च’ र ‘मध्यम’ तहमा राखिएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू