शनिबार, वैशाख ८, २०८१
01:26 | ०६:११

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या जुलाई यताकै उच्च

पछिल्लो २४ घन्टामा थप ७६ जना कोरोना संक्रमितको मृत्यु

नेपाली लिङ्क अक्टोबर ६, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्यामा भएको वृद्धिसंगै मृतक संख्या पनि बढेको छ ।  पछिल्लो २४ घन्टामा बेलायतमा थप ७६  जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।

यो संख्या जुलाई पछिकै सबैभन्दा बढी भएको स्वास्थ्य विभागले जनाएको छ । मंगलबार साँझसम्म बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ४ सय ५५ पुगेको छ ।

मंगलबार  सार्वजनिक तथ्याँक अनुसार २४ घन्टामा थप १४ हजार ५ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ५ लाख ३० हजार एक सय १३ पुगेको सरकारी तथ्याँकले जनाएको छ ।

यसैगरी अस्पतालमा भर्ना हुने  कोभीड १९ का बिरामीको संख्यामा पनि २५ प्रतिशतले वृद्धि भएको बीबीसीले जनाएको छ । मंगलबार मात्र ४ सय ६ जना कोरोना सनाक्रमित बिरामी अस्पताल भर्ना भएका छन् ।

यो संख्या पनि जुलाई यताकै सबैभन्दा बढी हो । हाल बेलायतका अस्पतालमा २ हजार ८ सय ३३ जना कोरोना संक्रमित रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू