शुक्रबार, चैत १६, २०८०
22:12 | ०३:५७

युक्रेनमा सैनिक विमान दुर्घटना, २५ जनाको मृत्यु

रासस-सिन्ह्वा सेप्टेम्बर २६, २०२०

युक्रेन । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । युक्रेनका सैनिक अधिकारीहरुले उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको जनाएका छन् ।

शुक्रबार विमान दुर्घटनामा परेको थियो । युक्रेनको राष्ट्रिय सेनाले शनिबार बिहानसम्ममा त्यसमा परेका २५ जनाको ज्यान गएको बताएको हो ।

युक्रेनको किभ क्षेत्रमा विमान दुर्घटनामा परेको बताइएको छ । त्यसको अनुसन्धान जारी रहेको युक्रेन सरकारले जनाएको छ । युक्रेनका स्थानीय पत्रिकाले त्यहाँका रक्षामन्त्रीलाई उद्धृत गर्दै विमान इन्जिन फेल भएका कारण दुर्घटनमा परेको बताएका छन् ।

प्रारम्भिक रिपोर्टमा इन्जिन फेल भएको देखिएको र दुर्घटनाबारे अनुसन्धान जारी रहेको सरकारी भनाइ छ   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू