शुक्रबार, चैत १६, २०८०
06:13 | ११:५८

बेलायतमा ६ हजार ६३४ नयाँ संक्रमित, ४० को मृत्यु

जनजीवन निकै त्रसित बन्दै

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२०

लन्डन । पछिल्ला दिन बेलायतमा बढ्दै गएको कोरोना संक्रमणका कारण यहाँको जनजीवन निकै त्रसित बन्दै गएको छ । हिजो बुधबार बिगत ६ महिना यताकै सबैभन्दा बढी संक्रमित भएको तथ्याँक सार्वजनिक हुँदा आज संख्या झन् बढेको छ ।

गएको २४ घन्टामा थप ६ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । हिजो संक्रमित संख्या ६ हजार १ सय ७८ थियो ।

हालसम्म बेलायतमा ४ लाख १६ हजार ३ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । यसैगरी संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि विगत तुलनामा आज बढी छ ।

आज ४० जना कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ । योसंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ हजार ९ सय २ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू