शुक्रबार, चैत १६, २०८०
20:42 | ०२:२७

स्याङ्जामा पहिरोमा पुरिएर एकै परिवारका ९ को मृत्‍यु

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२०

काठमाडौं । स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर एकै परिवारका ९ जनाले ज्यान गुमाएका छन्   वालिङ नगरपालिका-१४ तमादीका एकै परिवारका ९ जनाको मृत्‍यु भएको हो ।  

मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन् ।

पहिरोमा १० जना बेपत्ता भएकोमा ९ जनाको शव फेला परेको छ भने एक जनाको जिवितै उद्धार गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । पहिरोमा पुरिएर घाइते १६ वर्षीया किशोरीलाई उपचारका लागि पोखरा ल्याइएको छ । 

बिहीबार बिहान नै स्याङ्जाकै कालिगण्डकी गाउँपालिका-४ मा पहिरोमा पुरिएर १६ वर्षीय विष्णु परियारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू