बिहीबार, वैशाख १३, २०८१
08:47 | १३:३२

बेलायती राजकुमार ह्यारीको भिडियो सन्देशमा नेपालीको खुलेर प्रशंसा

महामारीमा पनि नेपालीहरु अविचलित : ह्यारी

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२०

लन्डन । बेलायती राजकुमार ह्यारीले बेलायती सेनामा कार्यरत गोर्खाहरुका साथै नेपाल र नेपालीको मुक्तकण्ठले प्रशंसा गरेको एक नयाँ भिडियो सार्वजनिक भएको छ ।

नेपालमा कोरोना महामारीविरुद्धको लडाईंमा सघाउने उद्धेश्यले गोर्खा वेलफेयर ट्रस्ट र अक्सफामले आयोजना गर्न लागेको एक ‘च्यारिटी दौड’ लाई सफलताको शुभेच्छा व्यक्त गर्दै उनले भिडियो सन्देश जारी गरेका हुन्  

‘गोर्खा, नेपाल र यस महामारीले प्रभावित सबै समुदायलाई सहयोग गर्न लागेकोमा मेरो तर्फबाट धन्यवाद’, च्यारिटी दौडका अभियन्ताहरुलाई ह्यारीले भनेका छन्, ‘सम्झनुहोस् कि तपाइँहरुले  सबैभन्दा बढी आवश्यक परेकाहरूलाई मद्दत गरिरहनुभएको छ ।’ 

गोरखा वेल्फेयर ट्रस्ट र अक्सफामले पीपीई, हात धुने सुविधा, जनस्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यसहित काम गरिरहेका छन्।

भिडियो सन्देशमा राजकुमार ह्यारीले सन् २०१५ को महाभूकम्प लगत्तै आफू नेपाल भ्रमणमा गएको स्मरण गरेका छन्  उनले भनेका छन् ‘ जसरी महाभूकम्पपछिको विपत्तिलाई नेपालीहरुले अविचलित भएर सामना गरे, अहिले पनि त्यसैगरी उच्च मनोबलका साथ महामारीको सामना गरेको देख्दा मलाई खुशी लागेको छ ।’

विगतमा अफगानिस्तानमा रोयल गोर्खा राइफल्ससँगै सेवा गर्न पाउँदा आफूलाई सम्मानित महसुस भएको पनि राजकुमार ह्यारीले उल्लेख गरेका छन् । ‘यी सिपाहीहरूले मलाई के विश्वास गर्छन् भनेर देखाए । उनीहरूले मलाई उनीहरूको मूल्यमान्यता के छन् भनेर देखाएका छन् ।’

हेरौ राजकुमार ह्यारीको भिडियो सन्देश: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू