शुक्रबार, वैशाख १४, २०८१
09:56 | १४:४१

युगान्डामा २०० भन्दा बढी कैदी फरार, तीनको मृत्यु

रासस-सिन्ह्वा सेप्टेम्बर १७, २०२०

फोटो स्काई न्यूज

कम्पाला, १ असोज–युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएको स्थानीय जेलका प्रवक्ताले बिहीबार बताएका छन् ।

युगान्डा कारागार सेवाका प्रवक्ता फ्रान्क बाइनका अनुसार स्थानीय समय अनुसार बुधबार जेल तोडेर भाग्ने क्रममा कम्तीमा सात बन्दीहरुलाई पुनः नियन्त्रणमा लिइएको छ र तीन जना मारिएका छन् । मारिएका तीन कैँदीले बिहीबार नै नियन्त्रणमा आएपछि पुनः भाग्न बल प्रयोग गरेपछि भएको भिडन्तमा उनीहरू मारिएका मोरोटो सहरको सिंगिला जेल प्रशासनले जनाएको छ ।

बाइनले भने, “जेल प्रशासन, सेना तथा प्रहरीले फरार कैँदीहरूको संयुक्त रूपमा खोजी गरिरहेका छन् ।” “बुधबार रातिदेखि सुरक्षाकर्मीले हवाई गस्ती रोकी पैदल गस्ती बढाएका छन् । खोजी जारी छ यस साताभरमा उनीहरू पत्ता लाग्नेछन्,” उनले थपे ।

प्रवक्ता बाइनले फरार तथा मारिएका अधिकांश कैदीलाई अवैध रूपमा हतियार राखेको अभियोगमा जेलमा राखिएको बताए । उनीहरूसँगबाट १४ थान बन्दूक र दर्जनौँ गोली तथा केही विस्फोटक पदार्थ बरामद गरिएको छ ।

गत मार्चमा उत्तर पश्चिमी जिल्ला औरामा कैदीहरूले जेलको घेरा तोडी भाग्न खोज्दा भएको दङ्गामा तीन कैदीको मृत्यु भएको थियो भने छ घाइते भएका थिए । तर, कैँदीहरूको घाग्ने प्रयास सुरक्षाकर्मीले विफल पारेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू