बिहीबार, वैशाख ६, २०८१
08:16 | १३:०१

बेलायतमा बेरोजगारी दर बढ्दै, बढी मारमा युवा

२ वर्षयताकै सबैभन्दा उच्च बेरोजगारी दर रेकर्ड

नेपाली लिङ्क सेप्टेम्बर १५, २०२०

 

लन्डन । कोरोना कहरबीच बेलायतमा बेरोजगारी समस्या पनि बढ्न थालेको छ । पछिल्लो समय २ वर्षयताकै सबैभन्दा उच्च बेरोजगारी दर रेकर्ड भएको सरकारी तथ्यांकले देखाएको छ ।  

गत जुलाई महिनासम्मको तीन महिना अवधिमा बेरोजगारी दर बढेर ४ दशमलव १ प्रतिशत पुगेको छ । जुन दर अघिल्लो तीन महिनामा ३ दशमलव ९ प्रतिशत थियो ।  

पछिल्लो समय बेलायतमा बेरोजगारीबाट सबैभन्दा बढी प्रभावित युवा पुस्ता बनेको छ । सर्वाधिक बेरोजगारी दर बढ्ने उमेर समूहमा १६ देखि २४ वर्षसम्मका युवा रहेको तथ्यांकले देखाएको छ ।  

अर्थमन्त्री ॠषि सुनाकले बेरोजगारहरुलाई काममा फर्काउनु र नयाँ काम खोज्न सघाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । 

तर, महामारीका बेला सरकारले दिँदै आएको ‘फर्लो स्किम’ अन्तर्गतको सहायता अक्टोबरमा रोकिएपछि बेरोजगारी थप बढ्ने आंकलन छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू