बिहीबार, चैत १५, २०८०
08:47 | १४:३२

क्यालिफोर्नियाको डढेलो ९ लाख हेक्टरमा फैलियो

रासस–एएनआई सेप्टेम्बर ८, २०२०

क्यालिफोर्निया । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ । क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक हो ।

विभागले सोमबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म आठ जनाको मृत्यु र तीन हजार ३०० भन्दा बढी संरचना ध्वस्त भएको उल्लेख छ । विभागका अनुसार निकै तीब्र हावा र न्यून आद्रताले समस्या अझ जटिल बनाएको छ ।

डढेलो नियन्त्रणका लागि हाल १४ हजार १०० भन्दा बढी अग्निनियन्त्रक दिनरात आगो निभाउने काममा जुटेको पनि विभागले जनाएको छ ।

लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका जलवायू विज्ञ ड्यानिल स्वेनले यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको बताए । उनले सन् २०१८ को भन्दा यस वर्ष बढी क्षति गरेको पनि जानकारी दिए ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले धेरैवटा काउन्टीमा आपतकालीन स्थितिको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्ट २२ मा क्लालिफोर्नियामा विपद घोषणा गरेका थिए ।

गभर्नर न्यूसमले पनि अगस्ट १८ मा राज्यव्यापी आपतकाल घोषणा गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू