बिहीबार, वैशाख ६, २०८१
17:12 | २१:५७

इङल्यान्डमा अस्पताल भर्ना हुने संक्रमितको संख्या अहिलेसम्मकै न्यून

२४ घण्टामा नर्दन आयरल्यान्डमा शून्य मृत्‍यु

नेपाली लिङ्क मे २६, २०२०

लण्डन । बेलायतमा कोरोना संक्रमण र दैनिक मृत्‍युका संख्या घटिरहेकै बेला इङल्यान्डमा अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि अहिलेसम्मकै न्यून रेकर्ड गरिएको छ ।  

एनएचएस इङल्यान्डका अनुसार पछिल्लो २४ घण्टामा इङल्यान्डमा ४ सय ७१ जना संक्रमित अस्पताल भर्ना भएका छन् ।  जुन संख्या यो विवरण राख्न शुरु गरे यताकै सबैभन्दा न्यून हो ।  

उता, कोरोना संक्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा १ सय ३४ जना मानिसको मृत्यु भएको छ । यससंगै हालसम्म यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ४८ पुगेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जारी गरेको तथ्यांकअनुसार पछिल्लो एक दिनमा २ हजार ४ संक्रमित थपिएका छन् । 

मंगलबार बिहान ९ बजेसम्म २४ घण्टामा देशभर १ लाख ९ हजार ९ सय ७९ परीक्षण गराइएको छ । यससंगै देशभर  संक्रमितको कुल संख्या २ लाख ६५ हजार २ सय २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नर्दन आयरल्यान्डमा कोरोनाको कारण कुनै पनि मृत्‍यु  रेकर्ड भएको छैन । जुन गत मार्च १८ यता पहिलोपटक भएको हो ।  

सरकारी अधिकारीहरुले बेलायतका केयर होमहरुमा भइरहेका मृत्‍युको संख्या पनि घट्दै गएको बताएका छन् । हालसम्म कोरोनाबाट भएका कुल मृत्‍युमध्ये २८ दशमलव ३ प्रतिशत केयर होममा भएको बताइएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू