शुक्रबार, चैत १६, २०८०
06:59 | १२:४४

नेपालमा सहयोग पठाउन बेलायतमा युवाले उठाए पाँच लाख

नेपाली लिङ्क मे २१, २०२०

लण्डन । नेपालमा कोरोना महामारीका कारण प्रभावितहरुको सहयोगका लागि बेलायतस्थित युवाहरुले झण्डै पाँच लाख रुपिया संकलन गरेका छन् ।

‘इलमपोखरी समाज युवा समूह’ (लमजुङ) का युवाहरुले नेपाली युथ एशोसिएसन युकेसंगको सहकार्यमा झण्डै ३२ सय पाउण्ड (करिब ५ लाख रुपिया) संकलन गरेका हुन् ।

महामारीका कारण समस्यामा परेकाहरुको सहयोगका लागि आर्थिक सहायता प्रदान गर्ने उद्धेश्यले इलमपोखरी युवा समुहले बेलायतमा रकम संकलन शुरु गरेको थियो ।

समुहका लक्षुमन गुरुङ, सबिता गुरुङ, राम गुरुङ र अनुप गुरुङको सक्रियतामा रकम संकलन गरिएको हो । ५ सय पाउण्डको लक्ष्य राखेर शुरु भएको अभियानमा अपेक्षाभन्दा ठूलो रकम संकलन भएको समूहका एक सदस्य लक्षुमन गुरुङले जानकारी दिए ।

अभियानमा हालसम्म बेलायतस्थित झण्डै एक सय सहयोगदाताले रकम सहयोग गरेका छन् ।

संकलित रकम नेपालको चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत नेपालमा आवश्यकतामा पर्नेहरुलाई सहयोग गर्ने समूहको योजना छ ।

संकलित कोषबाट केहि रकम लमजुङ इलमपोखरीकी निशा गुरुङलाई पनि प्रदान गरिनेछ । हालै सउदी अरेबियामा उनकी आमा काली गुरुङको निधन भएको र परिवारको अवस्था विपन्न रहेकाले उनलाई सहयोग गर्न लागिएको समूहले बताएको छ ।

‘इलमपोखरी समाज युवा समूह’ (लमजुङ) ले बेलायतस्थित नेपाली युवाहरुको साथै अन्य विभिन्न संघसंस्थासंगको सहकार्यमा भविष्यमा पनि आफ्नो तर्फबाट सामाजिक कार्यलाई निरन्तरता दिंदै जाने बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू