बुधबार, वैशाख १२, २०८१
01:18 | ०६:०३

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने ३५ हजार नाघे

नेपाली लिङ्क मे १९, २०२०

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ४५ को मृत्यु भएपछि कुल मृतक संख्या ३५ हजार ३ सय ४१ पुगेको छ ।

‘विकेण्ड’ मा हुने सुस्त रिपोर्टिङका कारण पछिल्ला दुई दिनमा केहि न्यून देखिएको मृत्यु संख्या मंगलबार फेरि केहि वृद्धि भएको छ ।

तर एक साताको अवधिमा भएका मृत्युहरुको संख्या अघिल्लो साताको तुलनामा घटेको देखिएको छ । संक्रमणका नयाँ केस र अस्पतालमा भर्ना भएका संक्रमितहरुको संख्या पनि अहिले घटिरहेका छन् ।

बेलायतमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ४८ हजार ८ सय १८ पुगेको छ । २४ घण्टाको अवधिमा २ हजार ४ सय १२ संक्रमणका नयाँ केस बढेका हुन् ।

मंगलबार बिहान ९ बजेसम्मको २४ घण्टामा कुल ८९ हजार ७ सय ८४ कोरोना भाइरस परीक्षण भएका थिए ।

मंगलबार सरकारको दैनिक कोरोना ब्रिफिङलाई सम्बोधन गर्दै सरकारका वातावरणमन्त्री जर्ज अस्टिसले बेलायत अब जोखिमको चौंथो तहबाट बिस्तारै तेस्रो तहतर्फ उन्मुख भएको बताए ।

सोहि अवसरमा रक्षा मन्त्रालयकी प्रमुख वैज्ञानिक सल्लाहकार एञ्जिला म्याकलिनले बेलायतमा संक्रमण घट्दै गइरहेको तर केहि साता अघिजत्तिकै दरमा नघटिरहेको जानकारी गराइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू