शनिबार, वैशाख ८, २०८१
16:44 | २१:२९

प्लमस्टिडमा पार्कमा हिड्न गएकी धनमाया बेपत्ता, खोजीमा सघाउन अपील

नेपाली लिङ्क मे ११, २०२०

लण्डन । साउथ ईष्ट लण्डनको प्लमस्टिडमा बस्दै आएकी एक नेपाली वृद्धा आइतबार दिउँसोदेखि बेपत्ता भएकी छन् ।

स्थानीय प्लमस्टिड कमन पार्कमा हिड्न भन्दै आइतबार दिउँसो पौने २ बजे घरबाट निस्किएकी ६६ वर्षीया धनमाया थापा सोमबारसम्म घर फर्किएकी छैनन् ।

धनमायाका श्रीमान एवम् जिगेसाका उपाध्यक्ष रेवतबहादुर थापाले खोजीका लागि स्थानीय प्रहरीलाई समेत खबर गरिसकेको बताए ।

१५/२० मिनेटमै फर्किन्छु भनेर हिड्न गएकी धनमाया एक-डेढ घण्टासम्म पनि घर नफर्किएपछि श्रीमानले टेलिफोन फोन गरेका थिए । तर, बारम्बार टेलिफोन गर्दा पनि नउठेपछि परिवारमा चिन्ता शुरु भएको थियो ।

परिवारका सदस्य र आफन्तहरु मिलेर आइतबार नै उनी हिड्न गएको पार्क आसपासमा घण्टौंसम्म खोजी गरेका थिए ।

धनमायाका छोरा विक्रम थापाका अनुसार धनमायाले रातो रंगको यूके स्वीटर, पहेलो लुंगी र चप्पल लगाएकी छन् । गोरो वर्णकी उनको उचाई अन्दाजी ५ फिट छ ।

‘प्रेसर’ को औषधि खाने उनलाई अन्य कुनै खालका स्वास्थ्य समस्या नरहेको र मानसिक अवस्था सामान्य रहेको छोरा विक्रमले बताए ।

धनमायाको खोजीमा सहयोग गरिदिन परिवारले समुदायलाई आग्रह गरेको छ । उनलाई कतै देखेमा परिवारको निम्नानुसारको नम्बरमा वा प्रहरीलाई खबर गरिदिन आग्रह गरिएको छ ।

सम्पर्क नम्बरहरु :
श्रीमान रेवतबहादुर थापा – 07848804449
छोरा विक्रम थापा – 07435230402
जिगेसा महासचिव हरिकमार मल्ल -07400560114

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू