बिहीबार, ३ जुलाइ, २०२५
01:03 | ०५:४८

चार्ल्टन समाजको समर कार्यक्रम १३ जुलाइमा, चर्चित गायक कृष्ण रेउले आउँदै

नेपाली लिङ्क जुलाइ २, २०२५

लन्डन- चार्ल्टन नेपाली समाजको वार्षिक समर बीबीक्यू कार्यक्रम यही जुलाई १३ तारिख आइतबार हुने भएको छ ।

स्थानीय मेरिडियन स्पोर्टस् सोसल क्लबमा विविध मनोरञ्जनत्मक प्रस्तुतिहरुका साथ कार्यक्रम हुन लागेको समाजका महासचिव वसन्त खनालले जानकारी दिए ।

सो अवसरमा चर्चित लोकदोहोरी गायक कृष्ण रेउलेको विशेष सांगीतिक प्रस्तुति समेत रहने भएको छ।

दर्जनौं चर्चित तथा लोकप्रिय गीत गाइसकेका गायक रेउले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

कार्यक्रममा स्थानीय कलाकारका आकर्षक नृत्य, डिजेसहित मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरु पनि रहनेछन् ।

मध्यान्ह १२ देखि बेलुकी ८ बजेसम्मलाई कार्यक्रम तय छ । कार्यक्रममा सहभागी हुन अग्रिम टिकट लिंदा २० पाउन्ड लाग्नेछ भने कार्यक्रमस्थलमा २२ पाउन्ड लाग्नेछ । ६ देखि १२ वर्षसम्मका बालबालिकालाई मात्र १२ पाउन्ड तथा ५ वर्षमुनिकालाई निशुल्क छ ।

टिकटमा बीबीक्यूसहितको तीन कोर्स खाना समावेश छ ।

समाजकी अध्यक्ष सीता अर्यालले चार्ल्टन र आसपास बस्ने सबै नेपालीलाई समाजको तर्फबाट कार्यक्रममा सहभागी हुन आव्हान गरेकी छन् ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू