शुक्रबार, चैत १६, २०८०
01:44 | ०७:२९

दिवेश अमेरिकन आइडलको शीर्ष ७ मा

रासस मे ११, २०२०

अमेरिका । विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो ‘अमेरिकन आइडल’ को उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल अगाडि बढेका छन् ।

आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश शीर्ष सातभित्र पर्न सफल भएका छन् ।

उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो ।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गररहेका छन् ।

दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र ‘द लिटल मर्मेड’ को एलान मेनकनको शब्द र होवार्ड एस म्यानको संगीत तथा एस्ले टिसडालेको गायन रहेको ‘किस द गर्ल’ बोलको गीत गाएका थिए ।

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ ।

अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू